COLOR THEME


BACKGROUND TEXTURE


Press Release : JAN 2, 2013

नेपालमा पहिलो पटक कलेजका विद्यार्थीहरुबिच राष्ट्रव्यापी बेबडिजाइन प्रतिस्पर्धा हुने भएको छ । शास्त्र क्रिएशनले कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) को सहकार्यमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । राम्रो एवं स्तरिय बेवसाईट डिजाइन गर्न सक्ने क्षमता भएकाहरुलाई मध्यनजर गर्दै नेपालमा पहिलोपटक राष्ट्रव्यापी प्रतिस्पर्धा हुन लागेको हो ।

शास्त्र क्रियशनले आइटी पढ्ने विद्याथीहरुलाई लक्षित गरेर “ नेशनल वाइड बेव कम्पिटिशन २०१३” आयोजना गर्न लागिएको आयोजक शास्त्र क्रियशनका प्रवन्ध निर्देशक बिनम्र शर्माले जानकारी गराएका छन । पुष १८ (जनवरी २) देखी नाम दर्ता सुरु भएर विभिन्न तहमा छनोटको प्रतिस्पर्धा हुर्दै चैत्र ३० (अप्रिल १२) मा अन्तिम प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प ्रतिस्पर्धामा नेपालभरका कलेज तथा विश्वविद्यालयमा अध्ययनत प्रोफेशनल डिजाइनर, तथा विद्यार्थीेहरुले भाग लिन सक्नेछन् । बेवडिजाइनको क्षेत्रवाट करियर वनाउन चाहनेहरुको लागी उत्प्रेरणा जगाउन र काम गरिरहेकाहरुलाई प्रोत्साहन गर्ने उदेश्यले कार्यक्रमको आयोजन गर्न लागिएको प्रवन्ध निर्देशक शर्माले लिभिङ विथ आइसिटीलाई वताए ।

सो प्रतिस्पर्धामा प्रथम विजेताले पचास हजार, दोस्रो हुनेले पच्चिस हजार , त्यस्तै तृतिय हुनेले पन्ध्र हजार पाउनेछन् । प्रतिस्पर्धामा उत्कृष्ठ डिजाइनरलाई पन्ध्र हजार, उत्कृष्ठ कोडिङ गर्नेलाई पन्ध्र हजार र बेष्ट इनोभेटिभ आइडियाले पन्ध्र हजार पुरस्कार पाउनेछन् । त्यसैगरी एप्रिसियेसन अवार्ड पनि प्रदान गरिनेछ जसको निर्णय जुरी मेम्वरले गर्नेछ | बिजेताले रकम बाहेक अन्य धेरै स्थानमा अवसर र मिडिया कभरेज पनि पाउने आयोजकले बताएको छ | आज जनवरी २ तारिख देखि नै रजिस्ट्रेशन खुल्ला गरिएको आयोजकले जानकारी गराएको छ |

उक्त कार्यक्रममा स्पारो एसएमएस, एफ वन सफ्ट लगायतको सहयोग रहेको छ | यस कार्यक्रममा ’लिभिङ विथ आईसिटी’अफिसियल मिडियाको रुपमा रहेको छ । कार्यक्रमको उद्घाटन भोलि २ बजे बिज्ञान , प्रबिधि तथा बाताबरण मन्त्रि डा.केशभ मान शाक्यबाट हुने जानकारी प्राप्त भएको छ |